
- सुपादेउराली मन्दिर व्यवस्थापन समितिले आश्विन महिनाको आय–व्यय विवरण सार्वजनिक गरेको छ।
- भक्तजनबाट प्राप्त
सुपादेउराली मन्दिरको आश्विन महिनाको आय–व्यय सार्वजनिक, आर्थिक पारदर्शितालाई प्राथमिकता;
कार्तिक २१, अर्घाखाँची।
-गङ्गासागर खड्का नेपाल प्रेस खबर|
अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सुपादेउराली मन्दिर व्यवस्थापन समितिले आश्विन महिनाको आय–व्यय विवरण सार्वजनिक गरेको छ। मन्दिरमा भक्तजनबाट प्राप्त भेटी, दान तथा अन्य स्रोतबाट संकलित आम्दानी र विभिन्न शीर्षकमा भएको खर्चको विवरण सार्वजनिक गर्दै समितिले संस्थाको आर्थिक कारोबारलाई पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउने प्रतिबद्धता दोहोर्याएको हो।
धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा रहेको सुपादेउराली मन्दिरमा दैनिक ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थीहरू पुग्ने गरेका छन्। विशेषगरी चाडपर्व, सार्वजनिक बिदा तथा धार्मिक अवसरहरूमा यहाँ दर्शन गर्न आउने भक्तजनको संख्या उल्लेख्य रहने गरेको छ। यसरी भक्तजनबाट प्राप्त हुने भेटी, दान तथा अन्य आम्दानीको उचित व्यवस्थापन गर्नु समितिको महत्वपूर्ण जिम्मेवारीका रूपमा रहेको छ।
समितिले सार्वजनिक गरेको आश्विन महिनाको आय–व्यय विवरणले मन्दिरको आर्थिक गतिविधिबारे सरोकारवाला, भक्तजन तथा आम नागरिकलाई जानकारी गराउने विश्वास लिइएको छ। सार्वजनिक संस्थाको आर्थिक कारोबारमा पारदर्शिता कायम गर्नु केवल औपचारिकता मात्र नभई संस्थाप्रतिको जनविश्वास बलियो बनाउने महत्वपूर्ण आधारसमेत हो।
समितिका अनुसार संस्थाको आर्थिक कारोबारमा सुशासन, पारदर्शिता र जवाफदेहिताप्रतिको विश्वासलाई सधैँ कायम राख्ने उद्देश्यसहित नियमित रूपमा आय–व्यय विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिइएको छ।
मन्दिरको आम्दानीलाई धार्मिक, सामाजिक तथा संस्थागत हितका क्षेत्रमा उचित रूपमा परिचालन गर्नुका साथै खर्चको विवरणसमेत स्पष्ट रूपमा सार्वजनिक गर्नुले व्यवस्थापनप्रति भक्तजन र सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुपादेउराली मन्दिरको संरक्षण, विकास र व्यवस्थापनमा आर्थिक पारदर्शिताको विषय अझ महत्वपूर्ण मानिन्छ। त्यसैले मन्दिरमा प्राप्त हुने प्रत्येक आम्दानी र त्यसको उपयोगबारे सरोकारवालालाई जानकारी गराउनु समितिको जिम्मेवारीसँग जोडिएको विषय हो।
समितिका कोषाध्यक्ष दुमान थापा “थम्मन” ले नेपाल प्रेस खबरसँग कुराकानी गर्दै आगामी दिनमा पनि आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै मन्दिरको व्यवस्थापन तथा विकासका गतिविधिलाई थप व्यवस्थित बनाउन मन्दिरमा चढेको आर्थिक रकम पारदर्शि , उत्तरदायी , जवाफदेहिता र जिम्मेवारीका साथ सार्वजनिक गर्दै आएको बताए ।


