
- मेषदेखि कर्कटसम्मका राशिका लागि दिन राम्रो र लाभदायक रहनेछ भने सिंहदेखि तुला राशिका लागि मिश्रित फल मिल्नेछ।
- वृश्चिकदेखि मीन राशिका अधिकांश जातकलाई धार्मिक कार्यमा रुचि, धनलाभ र पारिवारिक साथ मिल्नेछ।
- केही राशिलाई शिक्षामा मेहनत गर्नुपर्ने र कुम्भ राशिलाई भने कार्यक्षेत्रमा झन्झट तथा जोखिमको सम्भावना छ।
मेष : दिन राम्रो छ । आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दिन धेरै राम्रो छ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्ने छन् । सामाजिक क्षेत्रमा अघि बढ्नु उचित हुनेछ । धर्मकर्ममा मन जानेछ ।
मिथुन : शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । संकटमा परिवारको साथ र सहयोग मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्ने छ ।
सिंह : दिन सामान्य छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ ।
तुला : दिन सामान्य छ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।
वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु : दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
मकर : स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्ने छ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।
कुम्भ : दिन सामान्य छ । सोचेका काम नबन्ने जोखिम छ । हरेक काममा झन्झट आइ पर्नेछ ।
मीन : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।


