आज मिति २०८३ साल भदौ महिनाको १४ गते आइतबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आजको राशिफल अनुसार अधिकांश राशिका व्यक्तिहरूले आर्थिक लाभ र कार्यक्षेत्रमा सफलता पाउने योग छ।
  • स्वास्थ्य र शत्रुको सम्बन्धमा केही राशिले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ।
  • समग्रमा दिन मिश्रित प्रकृतिको रहेको छ र सबैलाई शुभ कार्यको कामना गरिएको छ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। घर बाहिरको खानपानमा ख्याल गर्नुपर्नेछ । मन दुःखी हुनसक्छ । आफन्तबाट सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ ।

वृष : शिक्षाको लगानी उठ्ने देखिन्छ। आज अवसरको बाटो खुल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्ने देखिन्छ । पुरुषले महिला मित्रबाट ठुलो सहयोग पाउन सक्छन् । अध्ययनमा मन जानेछ ।

मिथुन : दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ।

कर्कट : पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ।

कन्या : खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

तुला : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

वृश्चिक : शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

धनु : काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

मकर : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।

मीन : आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?