आज मिति २०८३ साल साउन महिनाको ३० गते शनिबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेषदेखि कर्कट राशिका लागि बौद्धिक सफलता, पारिवारिक व्यस्तता, पराक्रम वृद्धि र आर्थिक लाभको योग छ।
  • सिंहदेखि वृश्चिक राशिका लागि आत्मविश्वासमा वृद्धि, खर्चमा नियन्त्रण, आकस्मिक धनलाभ र कार्यक्षेत्रमा उन्नति हुनेछ।
  • धनुदेखि मीन राशिका लागि भाग्यको साथ, स्वास्थ्यमा सतर्कता, प्रेममा प्रगाढता र प्रतिस्पर्धामा सफलता मिल्नेछ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

मेष :बौद्धिक कार्यमा सफलता मिल्नेछ। अध्ययन(अध्यापनमा रुचि बढ्नेछ भने सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुन सक्छ। नयाँ विचार वा योजनालाई अघि बढाउन आजको दिन उत्तम छ। सेयर बजार वा आर्थिक लगानीमा भने सोचविचार गरेर निर्णय लिनुहोला।

वृष :पारिवारिक मामिलामा बढी समय बित्नेछ। आमाको स्वास्थ्य वा घर(जग्गासम्बन्धी काममा विशेष ध्यान दिनुपर्नेछ। कामको चापले गर्दा शारीरिक थकान अनुभव हुन सक्छ। संयमित भएर अघि बढेमा रोकिएका सरकारी वा प्रशासनिक काम बन्नेछन्।

मिथुन :पराक्रम र हिम्मतमा वृद्धि हुनेछ। साथीभाइ तथा दाजुभाइको पूर्ण सहयोग मिल्नेछ। छोटो दूरीको व्यावसायिक यात्रा फलदायी रहने सम्भावना छ। आफ्ना तर्क र प्रस्तुतिले अरूको मन जित्न सकिनेछ। सञ्चार र मिडिया क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष लाभदायी रहनेछ।

कर्कट : धन भावमा चन्द्रमाको स्थिति रहने भएकाले आर्थिक दृष्टिले दिन शुभ छ। रोकिएको धन फिर्ता हुन सक्ने वा आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। मीठो भोजनको आनन्द मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ, तर परिवारमा अनावश्यक विषयमा विवाद हुन नदिन संयम अपनाउनुहोला।

सिंह :तपाईंकै राशिमा चन्द्रमाको आगमन हुने भएकाले मनमा नयाँ उत्साह, ऊर्जा र आत्मविश्वास थपिनेछ। रोकिएका कामहरू आफ्नै प्रयासमा द्रुत गतिमा अघि बढ्नेछन्। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। सामाजिक र व्यावसायिक जीवनमा तपाईंको निर्णयको प्रशंसा हुनेछ।

कन्या :खर्चमा केही वृद्धि हुन सक्छ। कामको सिलसिलामा भागदौड बढी हुनेछ। वैदेशिक कार्य वा व्यापारमा लागेकाहरूका लागि भने दिन अनुकूल छ। स्वास्थ्यमा केही सुस्तता आउन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनुहोला।

तुला :एघारौं भावमा चन्द्रमाको गोचर हुने भएकाले सोचेभन्दा राम्रो धन लाभको योग छ। व्यापार(व्यवसायमा नयाँ सम्झौता वा फाइदा हुनेछ। अग्रजहरू र साथीभाइको सहयोगले ठूला योजना सफल पार्न सकिनेछ। नतिजा सकारात्मक आउनाले मन प्रसन्न रहनेछ।

वृश्चिक :कार्यक्षेत्रमा ठूलो सफलता र पदोन्नतिको अवसर मिल्न सक्छ। नयाँ जिम्मेवारी हात पर्नेछ जसले भविष्यका लागि दह्रो आधार तयार गर्नेछ। उच्च अधिकारीहरूसँगको सम्बन्ध सुधारिनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा छवि अझ सुदृढ हुनेछ।

धनु :भाग्यले पूर्ण साथ दिलाउनेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। रोकिएका महत्त्वपूर्ण कार्यहरू अग्रजहरूको मार्गदर्शनमा सम्पन्न हुनेछन्। अध्ययन र उच्च शिक्षाका लागि नयाँ बाटो खुल्नेछ। लामो दूरीको यात्राको योग छ।

मकर : स्वास्थ्य र खानपानमा विशेष सतर्कता अपनाउनुहोला। बाटो काट्दा वा सवारी साधन चलाउँदा हतार नगर्नु बेस हुनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोला। गोपनीयता जोगाएर काम गर्दा सम्भावित नोक्सानीबाट बच्न सकिनेछ।

कुम्भ :व्यापार(व्यवसायमा नयाँ साझेदारी र नाफाको वातावरण बनाउनेछ। जीवनसाथी र प्रेम साझेदारसँगको सम्बन्ध अझ आत्मीय र मधुर बन्नेछ। रमाइलो यात्रा वा मनोरञ्जनका अवसरहरू प्राप्त हुनेछन्। सामूहिक काममा सफलता मिल्नेछ।

मीन : प्रतिस्पर्धामा सफलता मिल्नेछ। शत्रु तथा विरोधीहरू परास्त हुनेछन्। पुराना रोग, ऋण वा समस्याहरूबाट राहत मिल्ने संकेत छ। धैर्य र लगनशीलताका साथ गरिएको मिहिनेतले कार्यक्षेत्रमा उत्कृष्ट नतिजा ल्याउनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?