रोल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो, ९ जना बेपत्ता

समाचार सारांश
Auto Generated by AI
  • रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ।
  • घटनामा दुई जना घाइते भएका छन् भने नौ जना अझै बेपत्ता छन्।
  • प्रहरी र स्थानीयद्वारा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी छ।

रोल्पा । रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ ।

रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति आठ बजेर ४० मिनेट जाँदा घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।

पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । घाइतेहरुलाई उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।

पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । घाइतेहरुलाई उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।

बेपत्ता हुनेमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।

पहिरोमा १० जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुले बताए । ‘बेपत्ता एक जनाको शव फेला परेको छ । अन्य ९ जना बेपत्ताको खोजी कार्य जारी रहेको छ’, डीएसपी बाखुले भने ।

पहिरोको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?