सुपादेउरालीमा बजार व्यवस्थापन समिति गठन, सरसफाइ र व्यवस्थापनमा जोड

समाचार सारांश
Auto Generated by AI
  • सुपादेउराली क्षेत्रलाई व्यवस्थित र सफा बनाउन नयाँ बजार व्यवस्थापन समिति गठन गरिएको छ।
  • सरोज के.सी.को संयोजकत्वमा गठित समितिले पसल तथा व्यापारिक गतिविधि व्यवस्थित गर्नेछ।
  • पर्यटक र भक्तजनलाई सहज बनाउन मन्दिर व्यवस्थापनसँग समन्वय गरी बजारको सौन्दर्यीकरण गरिनेछ।

नेपाल प्रेस खबर अर्घाखाँची|
जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल सुपादेउरालीमा बजारको व्यवस्थापन, सरसफाइ तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले सुपादेउराली बजार व्यवस्थापन समिति गठन गरिएको छ।
स्थानीय व्यवसायी तथा सरोकारवालाहरूको भेलाबाट बजारको सरसफाइ, व्यापारिक गतिविधिलाई व्यवस्थित गर्ने, बजार क्षेत्रको सौन्दर्यीकरण तथा आगन्तुक भक्तजन र पर्यटकलाई सहज वातावरण निर्माण गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो।
गठित समितिको संयोजकमा सरोज के.सी. , सचिवमा देवबहादुर थापा र कोषाध्यक्षमा रिमा केसी चयन हुनुभएको छ। तेस्तै समितिमा स्थानीय लगाएत व्यवसायी तथा सरोकारवालाहरूलाई सदस्यका रूपमा समेटिएको छ।
समितिले सुपादेउराली बजार क्षेत्रमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन, पसल तथा व्यवसाय सञ्चालनलाई व्यवस्थित गर्ने र धार्मिक तथा पर्यटकीयस्थलको गरीमा कायम राख्न आवश्यक पहल गर्ने जनाएको छ।
सुपादेउरालीमा देशका विभिन्न स्थानबाट दैनिक ठूलो संख्यामा भक्तजन तथा पर्यटक आउने भएकाले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको बताइएको छ। समितिले स्थानीय व्यवसायी, मन्दिर व्यवस्थापन पक्ष तथा सम्बन्धित निकायसँग समन्वय गरी बजारलाई थप व्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिएको छ।
समितिले बजार व्यवस्थापनमा सबै व्यवसायी तथा स्थानीयवासीको सहयोग र सहभागिता आवश्यक रहेको जनाएको छ। अव्यवस्थित बजारलाई थप व्यवस्थित बनाउनको लागी यो समितिले सक्दो पहल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?