आज मिति २०८३ साल असार महिनाको २२ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, सिंह र कुम्भ राशिका लागि सचेत रहँदै निर्णय लिनुपर्ने समय छ।
  • वृष, मिथुन, कर्कट, कन्या, वृश्चिक, धनु र मीन राशिका लागि आर्थिक तथा कार्यगत लाभ मिल्नेछ।
  • तुला र मकर राशिका व्यक्तिहरूले जिम्मेवारी र मेहनतका साथ नयाँ अवसरहरूको सदुपयोग गर्नुपर्नेछ।

मेष राशि
पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ । तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ । वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ ।

वृष राशि
बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ । आत्मविश्वास र योजनाबद्धता यस समयको मुख्य शक्ति बन्नेछ ।

मिथुन राशि
नयाँ कार्यको सुरुवातका लागि अनुकूल समय छ । अधुरा कामहरू पूरा हुनेछन् र मनोबल उच्च रहनेछ । ऊर्जा र उत्साहले नयाँ दिशा प्रदान गर्नेछ ।

कर्कट राशि
आर्थिक पक्ष मजबुत बन्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । आलोचना वा चुनौतीका परिस्थितिमा पनि आत्मबल र दक्षताले सफलता दिलाउनेछ । स्थिरता र विश्वासमा प्रगति निहित छ ।

सिंह राशि
निर्णयमा सावधानी आवश्यक देखिन्छ । अत्यधिक जोखिम लिनु उचित नहुन सक्छ । मित्र वा सहकर्मीहरूसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने सम्भावना छ तर लाभ तुलनात्मक रूपमा सीमित रहन सक्छ ।

कन्या राशि
आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । साझेदारी वा सट्टापट्टाबाट लाभ प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा उन्नतिको स्पष्ट अवसर देखा पर्न सक्छ । लगनशीलता र व्यवहारिक दृष्टिकोणले सफलता दिलाउनेछ ।

तुला राशि
कम लाभदायक जिम्मेवारी सम्हाल्नु पर्ने परिस्थिती आउन सक्छ, तर आत्मबल र क्षमता प्रयोग गर्न सकियो भने सामाजिक क्षेत्रमा नेतृत्व हासिल गर्न सकिनेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ, जसले भविष्यमा अवसर सिर्जना गर्नेछ ।

वृश्चिक राशि
अघिल्ला बाधा र अवरोध हट्दै कार्यहरू पूर्ण हुनेछन् । नयाँ जिम्मेवारी तथा अवसर प्राप्त हुने सम्भावना छ । दीर्घकालीन सफलताका लागि अनुशासन र निरन्तरता आवश्यक देखिन्छ ।

धनु राशि
कठोर परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापार, पेशा वा जागिरमा लाभदायक परिणाम मिल्नेछ । पारिवारिक वातावरण सहयोगी रहनेछ र मानसिक सन्तुलन कायम रहन मद्दत पुर्‍याउनेछ ।

मकर राशि
शैक्षिक तथा बौद्धिक उन्नतिको अवसर प्राप्त हुनेछ । व्यवसायिक प्रयोजनका लागि यात्रा सम्भव देखिन्छ । खर्च बढेपनि लगानी प्रेरणादायक हुनेछ । घर परिवारमा जिम्मेवारी र सक्रियता आवश्यक रहनेछ ।

कुम्भ राशि
मनोबलमा केही उतारचढाव आउन सक्छ । जिम्मेवारी र प्रतिस्पर्धाको दबाब रहनेछ । यद्यपि धैर्य र रणनीतिक सोचले कठिनाइ बीच पनि आफ्नो अधिकार र स्थान जोगाउन सफल बनाउनेछ ।

मीन राशि
सामाजिक प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ । सेवामूलक कार्य प्रति रुचि बढ्नेछ । आकस्मिक खर्च बढेपनि पारिवारिक समर्थन र साथले मनोबल बलियो रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?