
- पर्यटन मन्त्रालयमा नेपालको हवाई क्षेत्रको सुरक्षा र आर्थिक स्थायित्वबारे छलफल भएको छ।
- मन्त्री खडकराज पौडेल र सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भयो।
- हवाई क्षेत्रका विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिले कार्यपत्रमाथि आफ्नो धारणा राखेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा “नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षा” विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । मन्त्रालयमा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ तथा सचिव मुकुन्दप्रसाद निरौलाको समुपस्थिति रहेको थियो ।कार्यक्रममा एटीसी अधिकृत सुवर्णराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल, नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का निमित्त महाप्रबन्धक जनकराज कालाखेती, वायुसेवा सञ्चालक सङ्घ (एओएएन) का अध्यक्ष प्रतापजङ्ग पाण्डे र नागरिक उड्डयन क्षेत्रका विज्ञ रामप्रसाद कोइरालाले प्यानलिस्टका रूपमा आफ्ना धारणाहरू राख्नुभएको थियो ।

