दाइको हत्या गरी विनोद चौधरी पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • बाँके कोहलपुरमा २० वर्षीय विनोद चौधरीले आफ्ना २६ वर्षीय दाइ मनोजको हत्या गरेका छन्।
  • दाइको हत्या गरी शव नहरमा फालेर भाग्दै गर्दा विनोदलाई प्रहरीले पक्राउ गरेको छ।
  • घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

बाँके कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय विनोद चौधरी रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार विनोदले आइतबार साँझ करिब ७ बजे आफ्ना २६ वर्षीय दाइ मनोज चौधरीमाथि कुटपिट गरी हत्या गरेका थिए। त्यसपछि उनले शवलाई स्थानीय नहरमा फालेर फरार भएका थिए।
मृतक मनोजको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि भारततर्फ भाग्ने प्रयास गरिरहेका विनोदलाई सोमबार बिहान करिब ६:३० बजे कोहलपुर नगरपालिका–१५ चन्हवाबाट प्रहरीले पक्राउ गरेको हो।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?