विप्लवले गरी खान्नन् भन्दै विद्रोह

समाचार सारांश
Auto Generated by AI
  • विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट केन्द्रीय सदस्य शरद ओलीसहित ३३ जनाले पार्टी परित्याग गरेका छन्।
  • नेतृत्वको कार्यशैली र क्रान्ति सम्पन्न गर्न नसकेको भन्दै उनीहरूले विप्लवको क्षमतामाथि प्रश्न उठाएका छन्।
  • विद्रोही समूहले अब कम्युनिष्ट शक्तिहरूबीचको एकता र ध्रुवीकरणमा जोड दिने निष्कर्ष निकालेका छन्।

नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपा (माओवादी) बाट अर्को समूहले विद्रोह गरेको छ । 

माओवादी जनयुद्धकालको चर्चित ‘गोरखा जेल ब्रेक’ घटनामा योजनाकार रहेकी सचिवालय सदस्य उमा भुजेल सिलुमाथिको कारबाहीपछि चर्किएको आन्तरिक किचलोका बीच केन्द्रीय सदस्य शरद ओलीको नेतृत्वमा ३३ जनाले पार्टी छोडेका हुन् । पार्टीमा फरक मत राख्नेहरूलाई नेतृत्वले देखिनसहेको भन्दै केही दिनअघि पनि एउटा समूह बाहिरिएको थियो । 

पहिलो पटक आमचुनावमा सहभागी भई देशभरबाट २३ हजार मत ल्याएको माओवादीमा पछिल्लो समय विप्लवको नेतृत्व क्षमतामाथि नै प्रश्न उठिरहेको छ । आज पार्टी छोड्नेहरूले पनि उनीबाट क्रान्ति सम्पन्न नहुने ठोकुवा गरेका छन् । 

उनीहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘१२ वर्षदेखि संघर्षका सम्पूर्ण मोर्चाहरूको प्रयोग गरिसक्दा पनि क्रान्ति सम्पन्न भएन । सामान्य आशातित उपलब्धि पनि हासिल हुन नसकेको अवस्था जगजाहेर छ ।’

देशमा साम्राज्यवादको हस्तक्षेप तीव्र बनेको,राष्ट्रिय स्वाधिनता इतिहासमै सबैभन्दा संकटमा पुगेको र सिंगो कम्युनिष्ट आन्दोलन विघटन र विसर्जनको अवस्थामा पुगेको निष्कर्षसहित उनीहरूले अब माओवादी धाराहरूसहित कम्युनिष्ट शक्तिहरूबीचको एकतामाथि जोड दिएका छन् । 

तर, वाम आन्दोलनलाई रुपान्तरण,एकता,पुनर्गठन,ध्रुवीकरण र केन्द्रीकरण गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई विप्लवले बुझ्न नसकेको उनीहरूको भनाइ छ । 

स्वयं महासचिव विप्लव सी यसबाट हठात् पछि हटेपछि तपाईं क. विप्लव सिको नेतृत्वमा अब ऐतिहासिक आर्यभार पूरा हुने अवस्था देखिएन, तसर्थ आजैका मितिदेखि हामी रुपन्देहीका तपसिलका व्यक्तिहरूले पार्टी तथा पार्टीका सम्पूर्ण जिमेम्वारीहरूबाट मुक्त भएको घोषणा गर्दछौँ’, संयुक्त वक्तव्यमा भनिएको छ । 

राजीनामा दिनेहरूमा केन्द्रीय सदस्य ओलीसहित, केन्द्रीय प्रतिनिधि, जिल्ला सदस्य, विभिन्न विभागीय प्रमुख तथा अन्य जिम्मेवार पदमा रहेका व्यक्तिहरू छन् । वक्तव्यको कागजमा उनीहरूको नाम, पद र हस्ताक्षरसमेत उल्लेख गरिएको छ ।

प्रचण्ड-बाबुरामले क्रान्तिलाई धोका दिएको भन्दै ०६९ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट मोहन वैद्य ‘किरण’ को नेतृत्वमा विप्लवहरूले विद्रोह गरेका थिए । त्यसको दुई वर्षपछि आफ्नै नेतृत्वमा छुट्टै पार्टी बनाएर भूमिगत भएका विप्लव ०७७ सालमा मूलधारको राजनीतिमा फर्किए । त्यसयता राष्ट्रिय राजनीति र संसदीय अभ्यासलाई लिएर नेताहरूबीच विवाद हुँदा सो पार्टी धेरैपटक विभाजित भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?