आज दिउँसो पोखरा, काठमाडौँ र ओखलढुङ्गामा सबैभन्दा बढी वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • देशभर मनसुनको न्यून चापीय रेखाका कारण सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको छ।
  • दिउँसो र राति देशका विभिन्न पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना छ।
  • पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

नेपाल प्रेस खबर संवाददाता अमित खनाल काठमाडौ ;

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।

जसको प्रभावले देशभरमा साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको १-२ स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली भू~भाग, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू~भागका साथै लुम्बिनी प्रदेशको तराई भू~भागका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भू~भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ।

विशेष गरी राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराई भू~भागका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि हिमाली भू~भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। देशका विभिन्न स्थानमा भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेकाले पहाडी भू~भागमा भू~क्षय, पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम हुनसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?