संविधान संशोधन सम्बन्धी विषयमा अर्घाखाँचीमा राजमोको अन्तरक्रिया: महासचिव मनोज भट्टद्वारा

संविधान संशोधन सम्बन्धी विषयमा अर्घाखाँचीमा राजमोको अन्तरक्रिया: महासचिव मनोज भट्टद्वारा अवधारणा पत्र पेससन्धिखर्क, अर्घाखाँची ।राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा “संविधान संशोधन सम्बन्धी विषय” मा केन्द्रित रही एक बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

‘गणतन्त्र, राष्ट्रियताको रक्षा गरौँ, संघीयताको खारेजी गरौँ’ भन्ने मूल नाराका साथ मिति २०८३ जेठ २ गते आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा मुख्य विषयवस्तुमाथि प्रकाश पार्दै प्रमुख अतिथि तथा राजमो केन्द्रीय महासचिव मनोज भट्टले संविधान संशोधन सम्बन्धी पार्टीको दृष्टिकोण समेटिएको अवधारणा पत्र पेस गर्नुभएको थियो।

अवधारणा पत्र पेस गर्दै महासचिव भट्टले देशको वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रियतामाथि आइपरेका संकट र राजमोले उठाउँदै आएको संघीयता खारेजीको एजेण्डा देशको हितमा रहेको कुरामा जोड दिनुभयो।उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। राजनीतिक रूपमा निकै महत्त्वका साथ हेरिएको यस कार्यक्रममा राजमो बाहेक विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूको समेत उपस्थिति रहेको थियो, जसले गर्दा कार्यक्रम थप विमर्शपूर्ण बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

मन्त्रालय सङ्ख्या आठ बनाउने लुम्बिनी सरकारको तयारी

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

छुटाउनुभयो कि ?