मेष- धन कमाउने र फलिफाप हुने दिन छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। काम बन्नाले सुखको अनुभव हुन्छ। रमाइलो दिन छ।

वृष- काम बन्नाले सुखको अनुभव हुन्छ। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछ। अप्रत्याशित लाभ हुनेछ।
मिथुन- काममा समस्या देखिएला। अनेक किसिमका झमेलामा परिएला। आज केही हानी हुन सक्छ।
कर्कट- तपाईंको आफ्नो विचारले धेरैलाई आकर्षित गर्नेछ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ। धन आर्जनमा राम्रो दिन छ।
सिंह- राम्रो आम्दानी भई मन खुशी बन्ला। टाढाको यात्राको पनि योग छ। फलिफाप हुने दिन छ।
कन्या- टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु वेश हुनेछ। केही सुख केही दुःख हुनेछ। अचानक कमाई हुनेछ।
तुला- गरेका कामबाट ठूलो उपलब्धि हासिल गर्न सकिने छैन। समयको व्यर्थ नाश होला। नसोचेको ठाउँमा खर्च हुन सक्छ।
वृश्चिक- अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। अनावश्यक यात्राको योग छ। सुखको अनुभूति हुनेछ। आफन्त मिलनले सुख दिनेछ।
धनु- श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ। आर्थिक आर्जन हुने दिन छ।
मकर- दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। साथै, पैसा कमाइने छ। विपरित लिंगीको हौसलाले मन रमाउनेछ।
कुम्भ- बिहान काम बन्नेछ, बेलुकीपख सामान्य तनाव होला। इष्टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधा सामना गर्नुपर्ला।
मीन- पेशागत समस्या देखिन सक्छ। केही सुख केही दुःख हुनेछ। नोकरीमा झमेला बेहोर्नुपर्ला। जागिरको काममा डर हुनेछ।


