प्रधानमन्त्री बालेन शाहको सचिवालयले प्रचलित वृद्धभत्ताको उमेर बढाउने हल्ला निराधार भएको जनाएको छ । सामाजिक सञ्जालमा चर्चा भएझैँ वृद्धभत्ताको उमेरहद बढाउने सम्बन्धमा कुनै तयारी नगरिएकोबारे स्पष्ट पारेको छ ।
सचिवालयका अनुसार ‘अहिलेसम्म यो विषयले प्रवेश नै पाएको छैन । उमेर बढाउने सम्बन्धमा कुनै पनि निर्णय गर्ने सोचसमेत रहेको छैन ।’ समााजिक सञ्जालमा आएका यस्ता समाचारलाई केवल ‘अफवाह’ भनिएको छ ।
सचिवालयले आधिकारिक पुष्टि नभएका भ्रमपूर्ण हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

