विप्लवको चेतावनी- १० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जान्छौँ

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले अघि सारेको १३ बुँदे माग सम्बोधन भए सडक संघर्षमा जाने चेतावनी दिएका छन्। नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकलाई सम्बोधन गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताए।उनले सर्वपक्षीय सरकारको मागबाट आफूहरू पछि नहट्ने भन्दै उनले भने, ‘हामी १० दिन कुर्नेछौँ, यदि बेवास्ता गरियो भने जनता र जेनजीको समर्थनमा आन्दोलन सुरु गर्नेछौँ।’नयाँ संविधान जारी भए पनि जनताका अधिकारहरू अझै अपूर्ण रहेको बताए।

उनले थपे, ‘हामी समाजवादी सङ्घीयता को पक्षमा छौँ र सबै नागरिकले राज्यमा स्वामित्व महसुस गर्ने गरी राज्य संरचना पुनःसंरचना हुनुपर्छ।’उनले भ्रष्टाचारको छानबिन गरेर सम्पत्तिको राष्ट्रियकरण गरेर दोषीलाई जन्मकैदसम्मको फैसला गर्नुपर्ने माग आफूहरूले अघि सारेको बताए। हिजो राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?