नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो। पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ बढाइएको छ।
समायोजन गरिएको नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजल/मट्टीतेल प्रतिलिटिर १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर अब १६२ रुपैयाँ कायम भएको छ डिजल/मट्टीतेल १४१ रुपैयाँ प्रतिलिटर पर्नेछ ।
यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजल/मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

