कपिलवस्तु : नेविसंघ उपसभापतिको राजीनामा

कपिलवस्तु । नेपाल विद्यार्थी संघ कपिलवस्तुका उपसभापति सञ्जय खनाल ले आजदेखि पदमा नरहने गरी राजीनामा दिएका छन्। उनले एक सार्वजनिक वक्तव्य जारी गर्दै विद्यार्थीमाथि भएको निर्मम गोली प्रहारमा पनि मौन बस्ने संगठन र त्यसको नेतृत्वप्रति असन्तोष व्यक्त गरेका हुन्।

उनले भनेका छन्, “विद्यार्थीमाथि निर्मम गोली प्रहार भई ज्यान जाँदा समेत मौन बस्ने विद्यार्थी संघ र त्यसको नेतृत्व अब अस्तित्वमा रहनुपर्ने कुनै औचित्य छैन। यस्तो संगठन विघटन हुनु नै उपयुक्त हुन्छ।”

राजीनामासँगै उनले संघप्रति आफ्नो निराशा जाहेर गर्दै देश र जनताप्रतिको निष्ठा निरन्तर कायम रहने स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?