
४ कात्तिक, काठमाडौं । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको छ।ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले उजुरी आएको पुष्टि गरे ।
‘उजुरी आएको हो।उहाँलाई फोनमार्फत जानकारी पनि गराएका छौं’, एसपी अवस्थीले अनलाइनखबरसँग भने, ‘सामान्य सोधपुछका लागि हो।’कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
यता अधिवक्ता नेपालले पनि साइबर ब्यूरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रहरीले केही नखुलाए पनि अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाउन खोजिएको बताएका छन् ।


