राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गराैँ : गोपालमान श्रेष्ठ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।श्रेष्ठले ललितपुरमा पत्रकार सम्मेलन गरी आइतबार सबै पक्षको सहमति जुटाएर राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन्। उनले सरकारले दलहरूलाई निषेध गर्ने नीति सरकारले अपनाएको बताए ।

राजसंस्था, जेनजी आन्दोलनमा सहभागीहरू र फरक मत राख्ने सबै शक्तिको संवाद आवश्यक भएको पनि बताए । ‘राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेनजी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ’ श्रेष्ठले भने ।

त्यस्तै श्रेष्ठले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा शङ्का व्यक्त गरे।’अहिलेको परिस्थिति जटिल छ । जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ। चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शङ्का उत्पन्न भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?