दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी।

सारांश

– धनुषाको जनकपुरधाममा दुर्गादेवीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप हुँदा तनाव उत्पन्न भयो।

– झडपपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रयोग गरियो।

– विवादित क्षेत्रमा यसअघि पनि मूर्ति विसर्जनकै विषयमा झडप भएको थियो, जसले फेरि समस्या निम्त्यायो।

जनकपुरधाम धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

दशैं समापनपछि मूर्ति विसर्जनको क्रममा अर्को समुदायले ढुंगामुढा गरेपछि विवाद सुरु भएको बताइएको छ । सो क्रममा तेलिया पोखरी किनारमा बनाइएको टहरा समेत आगजनी गरिएको छ। आक्रोशित भीडले केही घरमा समेत आगजनी प्रयास गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।स्थिति नियन्त्रणमा लिन प्रहरी प्रशासनले २३ सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढामा केही प्रहरी र स्थानीय घाइते भएका छन्।Shivam Cementअवस्था नियन्त्रणबाहिर जाँदा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शुक्रबार साँझ ६:३० बजेदेखि लागू हुने गरी वडा नं. २० का विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।

आदेशअनुसार निषेधाज्ञा अवधि कायम रहने बेला कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, धर्ना, अनशन, आगजनी वा तोडफोड गर्न प्रतिबन्ध लगाइएको छ।Riddisiddi jewellersगत भदौ दोस्रो साता पनि मूर्ति विसर्जनकै विषयमा दुई समुदायबीच झडप भएको थियो। त्यसपछि सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने सहमति भए पनि फेरि विवाद दोहोरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?