काठमाडौं । राजधानीसहित देशका विभिन्न मुख्य क्षेत्रमा नेपाली सेनाले सुरक्षा कडाइ गरेको छ । शान्ति–व्यवस्था कायम राख्न सेनाले कडा निगरानीसहित आवागमनमा कडाइ गरेको हो।
सुरक्षा निकायका अनुसार संवेदनशील स्थानमा प्रवेश गर्नका लागि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। आवश्यक कारणबाहेक घर बाहिर ननिस्कन समेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।
आपतकालीन अवस्थामा मात्र बाहिर निस्कन आह्वान गर्दै सेनाले शान्ति र सुरक्षा कायम गर्न सबै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।


