आज मिति २०८३ साल वैशाख महिनाको १८ गते शुक्रबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जुनियर स्टाफ वा सँगी साथीको क्रियाकलापले तपाईँको चिन्ता बढ्न सक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नति पथका हरेक विघ्न बाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा वृद्धि हुनसक्छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेम सम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्म क्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा वृद्धि हुनसक्छ । घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईँकै रुचिअनुसार व्यवहार गर्ने समय छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा वृद्धि हुनेछ । दीन दुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । काम विशेषले देश परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्न सक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्न सक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्म क्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हात पार्न सक्नुहुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईँको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । जागरूकता र इच्छा बढ्ने समय हो, तपाईँ कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिन अध्ययनप्रति मात्र होइन, स्वास्थ्य स्थिति एवं आहार विहारप्रति पनि ध्यान दिनु ठिक हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुख सुविधा भनेको केवल साधन मात्र हो । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठिक हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । बाल्यावस्थाका मित्रहरू, आत्मीय जन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा राम रमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खिसीटिउरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्‍याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । घरीघरी मन अशान्त भए झैँ लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यान केन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । सँगी साथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिँदैन । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहु प्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईँप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । झैझगडा र मुद्दा मामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्न सक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । इच्छाअनुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा वृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खुबी र क्षमताको पहिचान हुने समय छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कठोर र क्रूर निर्णय लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हताश र भावुक बन्न सक्छ । स्वास्थ्यस्थितमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

अर्घाखाँचीमा विद्यालय समायोजन दरबन्दी मिलान संकलन कार्यक्रम सम्पन्न

आज मिति २०८३ साल असार महिनाको ८ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल।

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

स्थानीय तहमा गैरदलीय निर्वाचन किन ?

भारतमा फेला परयो ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

छुटाउनुभयो कि ?