-गङ्गासागर खड्का ।
( नेपाल प्रेस खबर: अर्घाखाँची )
समुद्री सतहदेखि करिब १७ ०० मिटर उचाइमा रहेको लुम्बिनी प्रदेशको एकमात्र हिलस्टेसन खाँचीकोट हिलस्टेसनले निकट भविष्यमै आन्तरिक तथा बाह्य पर्यटकको अत्याधिक सम्भावना बोकेको छ । अत्यन्तै मनोरम र प्राकृतिक दृश्यले भरिपूर्ण यो हिलस्टेसन मसिनाको लेखमा अव्यवस्थित छ । जुन लेखमा नेपाल टेलिकम सिडिएमए नेपाल एनसीएल लगायतका टेलिफोनका टावरहरू पनि रहेका छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट ( साबिकको खाँचीकोट गा.बी.स.) मा पर्ने यो एउटा आकर्षक पहाडी स्थल पनि हो । बिहानीको उज्यालोसँगै मनमोहक सूर्योदय र सूर्यअस्तै को स्पर्शले यो पहाडलाई छुने गर्दछ । यो हिल स्टेसनबाट उत्तरतर्फ श्रृङ्खलाबद्ध हिमालयका दृश्य देखिन्छ । सफा मौसममा अन्नपूर्ण धौलागिरी , माछापुछ्रे , मनास्लु लगायतका हिमश्रृङ्खला हरु प्रत्यक्ष रुपमा देख्न सकिन्छ । आसपासका हरियाली डाँडाकाँडा र उपत्यकाहरूले यो हिल स्टेसनलाई अझ सुनमा सुगन्ध थपिदिएको छ । अर्घाखाँची जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिरबाट नजिक भएको कारणले पनि त्यहाँ आएका तीर्थयात्री र पर्यटकलाई निकै आकर्षित गर्ने अनुमान गर्न सकिन्छ । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट र नजिकै नरपानी बाट मोटरबाटो जोडिएको यो ठाउँमा सहजै पुग्न सकिन्छ । यो पहाड अथवा यो हिल स्टेसनलाई अर्घाखाँची जिल्लाको मसिनाको लेक भनेर पनि चिनिन्छ ।
संघिय सरकारको बजेटमा यो पहाडमा थुप्रै संरचना बनिसकेका छन् । अझ निकट भविष्यमै सुपा देउरालीबाट यो हिल स्टेसनसम्म केबुलकार निर्माण गरी छिट्टै नै यहाँ आउने पर्यटक तथा तीर्थयात्रीहरूले केबुलकारको अनुभव पनि साट्न पाउनेछन् । जुन केबुलकारको निर्माणको लागि सुपा देउराली केबुलकार कम्पनी प्रालीले जिम्मा पाएको छ । प्रकृतिमा रमाउन चाहनेहरूलाई र प्रकृतिसँग रम्न चाहने जो-कोही लाइ पनि यहाँ पुगेपछि शान्तिको अनुभव मिल्ने गरेको यहाँ आएका पर्यटकहरू बताउँछन् ।
पछिल्लो समय यहा आउने पर्यटकको सङ्ख्या बृद्धि हुने क्रममा छ । प्रायः यहा आएपछी बनभोज/ प्रकृती र यहाको सस्कृति सङ्ग खुसी साट्न मनोरम दृश्य संग रम्न /रमाउन र तेहा पुगेपछि स्वर्गको अनुभूति हुने गर्छ । साथै यो स्थानमा ठाउँ-ठाउँमा पर्यटकको सहजताको लागी बिभिन्न संरचना निर्माण गरीएको छ । जिल्लाकै अग्लो पहाड मध्येको यो ठाउँ पनि एक हो ।
सांस्कृतिक पक्ष: खाँचीकोट पूर्वकालमा ऐतिहासिक खाँची राज्यको राजधानी पनि भएको मानिन्छ । त्यसैले यहाँको सांस्कृतिक महत्व पनि छ । यसलाई अर्घाखाँची जिल्लाको अत्यन्तै प्राकृतिक ठाउ पनि मानिन्छ । गर्मी मौसममा चिसो हावा खान तराइ , मधेशको गर्मी छल्नका लागी, र धार्मिक तथा ऐतिहासिक हिसाबले घुम्न अति उपयुक्त यो ठाउँ रहेको छ । यहाँबाट उत्तर तिर नेपालका हिमाली शृङ्खलाका साथै त्यस्तै दक्षिण तिर तिनाउ उपत्यका कपिलवस्तु, रुपन्देही लगायत तराई क्षेत्रको दृश्य पनि रमाइलो देखिन्छ ।
भविष्यमा यहाँ होमस्टे /होटल , रेस्टुरेन्ट साना पर्यटन पूर्वाधार विकास गर्न सके र नजिकै रहेको (तिनपाने चुनढुङ्गा उत्खनन) लाइ छिट्टै नै बन्द गर्न सके यो नेपालकै एक गन्तव्यको सूचीमा पर्न सक्ने सम्भावना पनि देखिन्छ ।
निकट भविष्यमै यहाँ हजारौं पर्यटक ल्याउनको लागी हरेक तरह तप्काबाट र सञ्चारमाध्यमबाट पनि यसलाई उजागर गरिँदै आएको छ । संस्कृति र प्रकृतिले भरिपूर्ण यो खाँचीकोट हिल स्टेसन देशको आकर्षक मध्येको एक रमणीय साथै प्रकृति र संस्कृतिले भरिपूर्ण स्थान पनि हो ।
पिकनिक स्थल नरपानी र नरपानीमा रहेका रिसोर्टहरूबाट यो स्थानमा आउनको लागि (खाँचीकोट मैदानसम्म) पछिल्लो समय बाटो पिच र अत्यन्तै सहज भएको छ । यो हिल स्टेसनलाई सबै तिर बाट प्रचार-प्रसार गर्न सके देश तथा विदेशबाट यहा आउने पर्यटकहरू ललायियत हुने कुरामा कुनै दुईमत छैन । प्रकृति र यहाँको विशेषताले पर्यटकलाई एकपटक मन प्रफुल्ल बनाउने छ ।

