मेष : दिन सामान्य छ । अचानक खर्च बढ्ने छ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ ।
वृष : प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ । शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्ने छ ।
मिथुन : बोलीमा सरस्वतीले बास गरेकाले बोलेको कुरा कार्यान्वयन हुनेछ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । कतै भइरहेको शुभकार्यमा सरिक भइनेछ ।
कर्कट : बौद्धिक व्यक्तिसँगको भेटले काम बन्नेछ । दिन राम्रो छ । थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ ।
सिंह : दिन सामान्य छ । साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुन सक्छ । शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ ।
कन्या : कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । दाजुभाइसँगको सहकार्यबाट लाभ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।आफन्तबाट उचित सल्लाह पाइने छ ।
तुला : परिवारको साथ मिल्ने छ । स्वास्थ्यमा सुधार र पठनपाठनमा मन जानेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : स्वास्थ्यमा सुधार हुने योग छ । तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन् । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने छ ।
धनु : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ । घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने छन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मकर : गुरुको साथ लिएर संकटलाई टार्न सकिने छ । रोगले सताउने जोखिम छ । धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ ।
कुम्भ : दिन राम्रो छ । शास्त्रको अध्ययन गरेमा सफलता मिल्ने छ । मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ ।
मीन : शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ मिल्ने छ । बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ ।


