K. P. Sharma Oliलाई जोगाउन होइन, ‘नयाँ शक्ति’ जोगाउन प्रतिवेदन रोकिएको दाबी – विवेक थपलिया

एमाले निकट कन्टेन्ट क्रिएटर विवेक थपलियाले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुनुमा नयाँ राजनीतिक शक्तिहरूको विवादास्पद छवि मुख्य कारण रहेको दाबी गरेका छन् । टिकटकमा एक भिडियो सार्वजनिक गर्दै उनले प्रतिवेदनले नयाँ उदाएका शक्तिहरूलाई राजनीतिक दलभन्दा पनि ‘आपराधिक संगठन’ (Criminal Organization) को रूपमा चित्रण गरेको जिकिर गरेका हुन् ।

उनका अनुसार प्रतिवेदन सार्वजनिक गर्दा समाजमा ‘बबन्डर’ मच्चिने र नयाँ भनिएका शक्तिहरूको साख समाप्त हुने स्थिति देखिएकाले निर्वाचनको मुखमा यसलाई गोप्य राखिएको हो । “जाँचबुझ आयोगको निष्कर्षले अहिलेको नयाँ शक्तिलाई राजनीतिक संस्था मान्ने कि आपराधिक समूह भन्नेमा ठुलो द्विविधा खडा गरिदिएको छ,” उनले भनेका छन्, “प्रतिवेदन सार्वजनिक भएमा ती दलका अधिकांश व्यक्तिहरू जेल जानुपर्ने र उनीहरू षडयन्त्रकारी रहेको पुष्टि हुने देखिएको छ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउन प्रतिवेदन रोकिएको भन्ने बजारिया हल्लाको खण्डन गर्दै उनले वास्तविक कारण अर्कै रहेको बताए । ओलीलाई कतैबाट पनि दोषी देखाउन नसकिएको अवस्थामा एमालेलाई चुनावमा फाइदा हुने डरले विपक्षीहरूले फरक व्याख्या गरिरहेको उनको तर्क छ ।

ती कन्टेन्ट क्रिएटरले प्रतिवेदनले नयाँ शक्ति भनिएकाहरूलाई गम्भीर संकटमा पार्ने दाबी गर्दै थपे, “निर्वाचनपछि यसको वास्तविकता बाहिर आउनेछ । त्यसपछि अहिले देखिएका कतिपय नयाँ शक्तिहरू राजनीतिक रूपमा समाप्त हुने वा गायबै हुने अवस्था आउन सक्छ ।”

आयोगका सदस्यहरूमाथि बाह्य दबाब र विभिन्न पक्षबाट सम्पर्क गरिएको हुन सक्ने संकेत गर्दै उनले चुनावको मुखमा शान्ति सुरक्षा र राजनीतिक सन्तुलन कायम राख्न प्रतिवेदन रोकिएको दाबी समेत गरे । उनले यो विषयलाई निर्वाचनपछिको ठुलो राजनीतिक घटनाक्रमका रूपमा व्याख्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?