राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता भएको भन्ने समाचारहरू गलत भएको रुपन्देही जिल्ला अदालतले स्पष्ट पारेको छ। अदालतका अनुसार सरकारी वकिलले अभियोग फिर्ता लिन दिएको निवेदनमा हालसम्म कुनै निर्णय भएको छैन।
अदालतले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म मुद्दा फिर्ता गर्ने विषयमा सुनुवाइ नहुने आदेश माघ ६ गते नै दिइसकेको जनाएको छ। सर्वोच्च अदालतको फैसला आएपछि मात्रै अभियोग फिर्ता हुने वा नहुने अन्तिम निर्णय हुने बताइएको छ।


