नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू~भागमा साधारणतया बादल लागेको छ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ। बाँकी भू~भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू~भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू~भागमा आंशिक बादल लाग्नेछ।
देशका उच्च पहाडी तथा हिमाली भू~भागमा थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भू~भाग १-२ स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भू~भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू~भागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू~भागका १~२ स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

