सिन्धुली–२ मा बागी उम्मेदवारी विवाद चर्कियो, प्रचण्डले नेताहरूलाई काठमाडौँ बोलाए।

सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता हरिबोल गजुरेल, महेश्वर दाहाल लगायत नेताहरूलाई काठमाडौँ बोलाएका छन् ।

जिल्ला कार्यदलभन्दा बाहिरबाट सिफारिस भएका लेखनाथ दाहाललाई उम्मेदवार बनाएकामा असन्तुष्ट देखिएका महेश्वरले माघ ६ गते बागी उम्मेदवारी दर्ता गराएका थिए । साविक माओवादी केन्द्रको कोशी प्रदेशका इन्चार्ज समेत रहेका गजुरेलकै प्रस्तावमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष समेत रहेका महेश्वरले बागी उम्मेदवारी दिएपछि विवाद चर्किएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय भोलि(शुक्रबार) अपराह्नसम्म तोकेको छ । तर प्रचण्डसँग असन्तुष्ट रहेका गजुरेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।पछाडि हटे भिर अगाडि बढे पहरा छ ।

हामी अप्ठ्यारोमा छौँ । जिल्ला कार्यदलले सिफारिस नै नगरेका व्यक्तिलाई नेतृत्वले उम्मेदवार बनायो । हामीसँग सल्लाह नै नगरी बाहिरका व्यक्तिलाई टिकट दिएपछि, त्यसको प्रतिरोध गरेका हौँ’, उनले भने ।यसै विषयमा प्रचण्डसँग सल्लाह गर्न अहिले काठमाडौँ जाने तयारीमा रहेको गजुरेलले जानकारी दिए ।‘प्रचण्डले बोलाउनुभएको छ । छलफल गर्नका लागि हामी काठमाडौँ जाँदै छौँ’, उनले भने ।

गजुरेलका अनुसार सिन्धुली–२ बाट पहिलो नम्बरमा प्रचण्ड, दोस्रोमा गजुरेल, तेस्रोमा पानीराज वम्जम, चौथोमा महेश्वर दाहाल, पाँचौँमा अनिता राई र जेनजीबाट सुमन राना सिफारिस भएका थिए । टिकट पाएका दाहाल क्षेत्र नम्बर १ बाट सिफारिस भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?