प्रधानमन्त्री सुसिला कार्कीको बोल्ड निर्णय : मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

काठमाडौं । प्रधानमन्त्री सुसिला कार्कीले सोमबार साँझ साहसिक र बोल्ड निर्णय गर्दै मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेकी छिन्। पदीय मर्यादा विपरीत एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमै मुख्यमन्त्री नियुक्त गरी शपथ गराएको घटनापछि प्रधानमन्त्री कार्कीले तत्कालै कारबाहीको आदेश दिएकी हुन्।

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि कार्की सरकारले भण्डारीलाई पदबाट हटाउने निर्णय गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ।

राजनीतिक मर्यादा र संवैधानिक आचरणको पक्षमा उभिएको कार्कीको यो निर्णयलाई देशभर ‘कानूनी शासक’ र ‘संवैधानिक निष्ठाको उदाहरण’का रूपमा हेरिएको छ।
विश्लेषकहरूले प्रधानमन्त्री कार्कीको निर्णयले प्रदेशमा उत्पन्न राजनीतिक विवादलाई केवल कानूनी बाटोबाट समाधान गर्ने स्पष्ट सन्देश दिएको टिप्पणी गरेका छन्।

मधेश प्रदेशमा भण्डारीको विवादास्पद कदमपछि दिनभर तनावपूर्ण अवस्था रहेको थियो भने प्रधानमन्त्रीको निर्णायक हस्तक्षेपपछि परिस्थिति सामान्य बन्दै गएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?