राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने, मापसे गरे कारवाही हुने

बुटवल, २७ असोज । रुपन्देहीमा यस वर्ष देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने र मादक पदार्थ सेवन (मापसे) गरेर खेल्ने व्यक्तिलाई कानून अनुसार कारवाही गरिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार तिहारको समयमा अपराध हुन नदिन र शान्ति–सुरक्षा कायम राख्न यो व्यवस्था लागू गरिएको हो । जेनजी आन्दोलनपछि समाजमा देखिएको अस्थिरता र सम्भावित जोखिमलाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले विशेष चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ ।

सुरक्षा योजना आइतबारदेखि लागू भई छठको अर्को दिनसम्म जारी रहनेछ । यस अवधिमा रुपन्देहीका सबै १६ वटै पालिकामा सादा पोशाकका प्रहरी खटाइने, सुरक्षा निकायले गस्ती बढाउने र छठ घाटहरूमा तारबार तथा डोरी टाँगेर दुर्घटनाबाट सुरक्षित बनाइने व्यवस्था गरिएको छ । प्रशासनले सबै नागरिकलाई नियम पालना गर्न र चाडपर्वलाई शान्तिपूर्ण र सभ्य तरिकाले मनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?