अर्घाखाँचीमा भूकम्पको धक्का महसुस:अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क सहितका विभिन्न क्षेत्रमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीयवासीहरूका अनुसार राति करिब ८ बजेर २७ मिनेटतिर जमिन हल्कासँग हल्लिएको अनुभव गरिएको हो।हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। भूकम्पको केन्द्रबिन्दु र तीव्रता सम्बन्धी आधिकारिक विवरण भने भूकम्प मापन केन्द्रले सार्वजनिक गर्न बाँकी छ।



