दीपावलीमा पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृ *त्यु

समाचार सारांश
Auto Generated by AI
  • पर्साको पकहाँमैनपुरमा पटका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।
  • उपचारका क्रममा वीरगञ्जको तराई अस्पतालमा बालकको निधन भएको प्रहरीले जनाएको छ।
  • चाडपर्वमा बालबालिकालाई पटका जस्ता जोखिमयुक्त वस्तुबाट जोगाउन विशेष सावधानी आवश्यक छ।

वीरगञ्ज । दीपावलीको अवसरमा पटका पड्काउने क्रममा पर्सामा जलेर पाँच वर्षीय बालकको दुःखद मृत्यु भएको छ।
प्रहरीका अनुसार पर्साको पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीमा सोमबार बिहान पटका पड्काउने क्रममा स्थानीय मखु सहनीका पाँच वर्षीय छोरा कुन्दन सहनी गम्भीर रूपमा घाइते भएका थिए।
पटका पड्काउने क्रममा बालकको छातीमा आगो लागेपछि उनी बेहोस भएका थिए। तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइएका बालकको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चाडपर्वको खुसीमा सावधानी पनि उत्तिकै आवश्यक
दीपावली उज्यालो, उमङ्ग र खुसी साटासाट गर्ने पर्व हो। नेपाली मौलिक संस्कृति र परम्परामा दीप प्रज्वलन, देउसी–भैलो तथा आपसी सद्भावको विशेष महत्त्व छ। तर, पटका तथा विस्फोटक पदार्थको प्रयोगले यस्ता पर्वलाई क्षणभरमै दुःखद घटनामा परिणत गर्न सक्छ।
यस घटनाले विशेषगरी बालबालिकालाई पटका तथा आगोजन्य जोखिमबाट टाढा राख्नुपर्ने र अभिभावकले विशेष सतर्कता अपनाउनुपर्ने सन्देश दिएको छ।
नेपाल प्रेसखबर परिवार दिवंगत बालकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?