
- आजको राशिफल अनुसार केही राशिका लागि कार्यसिद्धि र लाभको दिन छ भने केहीका लागि सावधानी अपनाउनुपर्ने देखिन्छ।
- पारिवारिक साथ र मित्रजनको सहयोगले नयाँ कार्यको थालनी गर्न शुभ रहनेछ।
- खानपानमा ध्यान दिँदै अरूमाथिको विश्वास र लेनदेनमा विशेष सतर्कता अपनाउनु उचित हुन्छ।
मेष-( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुरानो लगानी उठाउन समयले विशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आफन्तजनहरुसँग टाढा भएको महसुस रहनेछ । स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छैन ।
बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेकोछ । अध्ययन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहने छ । यात्रामा विशेष साबधानी अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धि कार्यमा विशेष सजग रहनुपर्ने छ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छ । परिवारजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ। पुराना मित्रजनहरुसँगको भेटघाटमा समय ब्यतित रहने छ । गरिरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नगर्नाले सामान्य तनाबमा फँसिएला ।
कर्कट -( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बल तथा पराक्रममा बृद्धि हुनेछ । नयाँ मित्रजनहरुसँगको भेटघाटमा मन प्रशन्न रहने छ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेको छ । नयाँ कार्यको थालनी निकै उत्पादन मुलक साबित रहनेछ । अधुरा कार्यहरु सन्चालन गर्न समय उत्तम रहेको छ । पठन पाठनमा लगाइएको समय राम्रो रहने छ ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुको प्रशन्नताका निम्ति सामान्य खर्चको सम्भाबना रहेको छ । आफन्तजनहरुसँग सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरु प्रति गरिएको पुर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोध हुन सक्ने छ ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक साथ सहयोगबाट कार्य क्षेत्रमा विशेष फाइदा हुनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहने छ । सामान्य कार्यमा अधिक समय ब्यतित हुन सक्नेछ । व्यापार व्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्ने छन् ।
तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको छिटो विश्वास गर्ने बानीको कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानी अपनाउनुपर्ने छ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउँन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरिरहेको कार्यक्षेत्र समेत परिर्वतनको सम्भावना रहेको छ ।
बृश्चिक–( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेको छ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहने छ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानी तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुने छ । व्यापार व्यवसायमा नयाँ लगानी समेत उत्तम रहने छ ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नु नै उत्तम रहने छ । गरिरहेको कार्यमा विभिन्न कारणबश ढिलाइको सामना गर्नुपर्ने छ । भौतिक साधनको प्रयोगमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ ।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरिएको पुर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोध हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेको छ । पुराना मित्रजनहरुसँगको भेटघाटमा समय ब्यतित रहने छ । आफन्तजनहरुसँग सामान्य वादविवादको सम्भाबना रहेको छ ।
कुम्भ-( गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ । गरिरहेको कार्य क्षेत्र समेत परिर्वतनको सम्भाबना रहेको छ । खानपानका कारण स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ । अरुप्रति गरीएको विश्वासमा धोका हुन सक्ने छ ।
मीन-( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक साथ सहयोगद्वारा व्यापार व्यवसायमा मनग्य लाभ उठाउन सकिने छ । कार्यक्षेत्रमा लगाइएको लगनशीलताको कदर हुने योग रहेको छ । साझेदारी कार्यका मार्फत उत्तम आम्दानी प्राप्त गर्न सकिने छ । सभासम्मेलन जस्ता समाराेहमा सहभागीता जनाउने अवसर प्राप्त रहने छ ।
पुनश्च-राशिफलमा जे जस्तो रहे ता पनि धर्ममा भन्दा आफ्नो कर्ममा बिस्वास गरौं ।
आजको तपाइको दिन शुभ रहोस मङ्गल रहोस।
धन्यवाद !


