गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीमा माइत जाने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।
  • मुसिकोट नगरपालिकाकी २९ वर्षीया कल्पना पुन निस्ती खोला तर्दा बेपत्ता भएकी हुन्।
  • बेपत्ता महिलाको खोजीका लागि प्रहरी र स्थानीयवासी निरन्तर जुटिरहेका छन्।

नेपाल प्रेसवर अर्घाखाँची।

प्रकाश आचार्य
गुल्मी, २९ भदौ । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन भएकी छन्। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको हो।

सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका, इन्द्रेगौँडाकी २९ वर्षीया कल्पना पुन रहेकी छन्। उनी इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाँदै गर्दा आइतबार साँझ दुर्घटनामा परेकी हुन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

हाल इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएर निरन्तर खोजी गरिरहेको छ। प्रहरीका अनुसार सोमबार बिहान साढे १० बजेसम्म पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?