फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

समाचार सारांश
Auto Generated by AI
  • फ्रान्सले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ।
  • सेप्टेम्बरदेखि लागू हुने यो व्यवस्थाको कार्यान्वयन गर्ने जिम्मेवारी डिजिटल नियामक निकाय आर्कोमलाई दिइएको छ।
  • फ्रान्सको यो कदम पछ्याउँदै बेलायत र स्पेन लगायतका अन्य देशहरूले पनि उमेर हद तोक्ने तयारी गरिरहेका छन्।

पेरिस, ७ साउन । फ्रान्सेली संसदले १५ वर्षभन्दा कम उमेरका बालबालिकाद्वारा सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउने विधेयक पारित गरेको छ।

यससँगै यस्तो कानुन लागू गर्ने फ्रान्स पहिलो युरोपेली संघको मुलुक बनेको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस विधेयकको समर्थन गरेका छन भने  सेप्टेम्बर देखि यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ।

कानुन कार्यान्वयनको जिम्मेवारी डिजिटल नियामक निकाय ‘आर्कोम’ को हुनेछ। यद्यपि, बालबालिकाको उमेर कसरी प्रमाणीकरण गरिनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। फ्रान्सको सिको गर्दै बेलायत, स्पेन, ग्रीस र डेनमार्क पनि सामाजिक सञ्जालका लागि न्यूनतम उमेर तोक्ने तयारी गरिरहेका छन्।

फ्रान्सका धेरै अभिभावकले यस निर्णयको स्वागत गरेका छन् तर केही किशोरकिशोरीहरू भने शैक्षिक सामग्रीमा पहुँच र साथीभाइसँगको सम्पर्क प्रभावित हुने कुरालाई लिएर चिन्तित छन्।

एम्नेस्टी इन्टरनेसनलले केवल प्रतिबन्ध लगाउनु पर्याप्त नभएको बताएका छन् । डिजिटल संसारको सुरक्षित प्रयोगबारे बालबालिकालाई शिक्षित गर्नु पनि उत्तिकै आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?