आज मिति २०८३ साल साउन महिनाको ४ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आजको राशिफल अनुसार अधिकांश राशिका लागि कार्यसिद्धि र आर्थिक लाभको योग छ।
  • केही राशिका व्यक्तिहरूले स्वास्थ्य, खर्च र गोपनीयतामा भने विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
  • समग्रमा सामाजिक र पारिवारिक सम्बन्धमा सुधार आउने तथा नयाँ अवसर प्राप्त हुने दिन छ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

मेष : आज रोकिएका अधुरा कामहरू सुल्झाउने अवसर मिल्नेछ। साथीभाइको सहयोगले उत्साह बढ्नेछ। व्यापारमा सामान्य लाभ भए पनि बेलुकीपख खर्चमा वृद्धि हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।

वृष : मन प्रसन्न रहनेछ र पारिवारिक सुख मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। विद्यार्थी वर्गका लागि अध्ययनमा रुचि बढ्ने समय छ। आर्थिक पक्ष मजबुत हुनाले वैदेशिक क्षेत्रको लगानी फलदायी देखिन्छ।

मिथुन : आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। अनावश्यक खर्च र यात्राले थकान महसुस गराउनेछ। गोपनीयतामा ध्यान दिनुहोला, नजिकका व्यक्तिबाट धोका हुन सक्छ। बोलीमा संयम राख्नु उचित हुनेछ।

कर्कट : आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाजुभाइ वा इष्टमित्रबाट सहयोग मिल्नाले ठुलो काम बन्नेछ। सवारी साधन वा भौतिक सुख सुविधाका वस्तुहरू खरिद गर्ने योग देखिन्छ।

सिंह : तपाईंको कार्यक्षमताको प्रशंसा हुनेछ। प्रशासनिक वा सरकारी काममा सफलता मिल्नेछ। नयाँ पदको जिम्मेवारी प्राप्त हुन सक्छ। सामाजिक मान(प्रतिष्ठामा वृद्धि हुने दिन छ।

कन्या : भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा मांगलिक कार्यहरू सम्पन्न हुनेछन्। वैदेशिक यात्राको प्रयास गर्दै हुनुहुन्छ भने आजको दिन सकारात्मक रहनेछ। गुरुजनको आशीर्वादले नयाँ मार्ग प्रशस्त हुनेछ।

तुला : स्वास्थ्यमा केही समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला। सोचेको काम समयमा नबन्दा मन खिन्न हुन सक्छ। जोखिमपूर्ण लगानीबाट टाढै रहनुहोला। गोपनीयता कायम राख्दा फाइदा हुनेछ।

वृश्चिक : दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा साझेदारहरूबाट राम्रो सहयोग मिल्नेछ। रमाइलो यात्राको अवसर जुट्नेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्ने समय छ।

धनु : प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू परास्त हुनेछन् र पुराना ऋणहरू चुक्ता गर्ने अवसर मिल्नेछ। मामाघरको पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ।

मकर : सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ। सन्तानको प्रगतिले मन हर्षित हुनेछ। बौद्धिक चर्चामा सहभागी भइनेछ। शेयर बजार वा सट्टा व्यापारबाट सोचेभन्दा राम्रो लाभ हुन सक्छ।

कुम्भ : घरायसी मामिलामा केही विवाद उत्पन्न हुन सक्छ। आमाको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। काममा ढिलासुस्ती हुनाले मानसिक तनाव रहनेछ। धैर्यतापूर्वक काम गर्ने समय हो।

मीन : आँटेका कामहरू साहसका साथ पूरा गर्नुहुनेछ। सञ्चार र प्रविधिको क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष लाभदायी रहनेछ। छोटो दूरीको यात्रा फलदायी हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?