काठमाडौँबाट कवाडी सामान बोकेर भैरहवा जाँदै गरेका ११ वटा ट्रक नियन्त्रणमा

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौंबाट बाहिरिँदै गरेका शंकास्पद कवाडी बोकेका ११ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • नागढुङ्गा र बल्खुबाट समातिएका ती ट्रकहरू भैरहवा लैजान लागिएको थियो।
  • नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।

प्रहरीले शंकास्पद तरिकाले कवाडीजन्य सामग्री बोकेर राजधानीबाट बाहिरिन लागेका ११ वटा ट्रक नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकप्वाइन्ट र काठमाडौँ महानगरपालिका १४ बल्खुमा चेकजाँचका क्रममा ति सवारी साधन नियन्त्रणमा लिइएका हुन्।

काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेका कवाडीजन्य लगायतका मालसामान बोकेका उक्त ट्रकहरू शङ्कास्पद अवस्थामा रहेको प्रहरीको भनाई छ।नियन्त्रणमा लिइएका ट्रकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।

नियन्त्रणमा लिइएका ट्रकहरू

१. बा. प्र. ०३-००१ ख ५०३०

२. ना. ६ ख ३८५३

३. प्रदेश ३-०१-००५ ख ९७२४

४. लु. २ ख. ००६५

५. ना. ५ ख. १७१०

६. बा. प्र. ०३-००१ ख २०१५

७. बा. ५ ख. ८२११

८. लु. २ ख. १००६ ख

९. ना ६ ख १४३९

१०. प्रदेश १ -०२-००१ ख ८०७१

११. ना ६ ख ७७१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?