आज मिति २०८३ साल असार महिनाको १३ गते शनिबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष देखि कर्कटसम्मका राशिहरूले स्वास्थ्य र कार्यमा सावधानी अपनाउनुपर्ने देखिन्छ।
  • सिंह देखि वृश्चिकसम्मका व्यक्तिहरूले आर्थिक कारोबार र प्रतिस्पर्धामा विशेष ध्यान दिनु आवश्यक छ।
  • धनु देखि मीनसम्मका राशिहरूलाई केही चुनौतीका बाबजुद नयाँ अवसर र सफलताको योग रहेको छ।

मेष- प्रयत्‍न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला। दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ।

Advertisement

वृष- व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्‍या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन्।

मिथुन- परिवारजनको साथले काममा उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्‍नेछ। श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ।

कर्कट- अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। यात्राको पनि समय छ।

सिंह- राम्रै आम्दानी हुने रोजगारी मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। पढाइलेखाइमा प्रगति गर्न नसकिने समय छ। व्यापारमा पनि अपेक्षित फाइदा हुने छैन। नयाँ काममा हात हाल्न केही समय पर्खनु होला।

कन्या- व्यापारमा मनग्य फाइदा हुनेछ। आँटेका काम तत्काल सम्पादन हुनेछन्। दीर्घकालीन लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले आयआर्जन सन्तोषजनक रहने छ। आतिथ्य सम्मान पाइएला।

तुला- अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्य समस्याले सताउने छ। मिहिनेत गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।

वृश्‍चिक- सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला।

धनु- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्लान्। रोकिएका काम बन्‍नाले उत्साह जाग्‍नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

मकर- कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्‍जनमा रुचि बढ्नेछ। समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मिहिनेतअनुसार फाइदा कमै होला।

कुम्भ- रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मनमा डर लागे पनि विभिन्‍न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।

मीन- अरूका काममा समय बित्‍न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्‍न रहनेछ। आफन्त र नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्‍न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?