
- भेनेजुएलाको कारकासमा केही सेकेन्डको फरकमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका छन्।
- भूकम्पका कारण ठूला भवनहरू भत्किएका छन् भने जनधनको ठूलो क्षति भएको अनुमान गरिएको छ।
- सुरुमा जारी गरिएको सुनामीको चेतावनीलाई पछि खारेज गरिएको छ।
असार ११ गते नेपाल प्रेसखबरबाट प्रकाशित समाचार
भेनेजुएलाको राजधानी कारकासमा केही सेकेण्डको अन्तरमा दुई ठूला शक्तिशाली भूकम्प गएको छ ।
पहिलो भूकम्प स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा सान फेलिपे नजिकै ७ दशमलब २ म्याग्निच्युडको गएको थियो ।
त्यसलगत्तै ४० सेकेण्डपछि दोस्रो भूकम्प ७ दशमलब ५ म्याग्निच्युडको युमारेको दक्षिणपूर्वी नजिक गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पले भवन भत्किन थालेपछि स्थानीयहरु बाहिर सडकमा निस्किएका थिए । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पले ठूलो जनधनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
भेनेजुएलाको गृह मन्त्रालयका अनुसार अन्य धेरै राज्यहरूले भूकम्पको धक्का महसुस गरिएको छ ।
यस्तै, भूकम्पपछि सुनामीको चेतावनी तुरुन्तै जारी गरिएपनि पछि रद्द गरिएको बताइएको छ

