अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

समाचार सारांश
Auto Generated by AI
  • पाँचखपनकी २७ वर्षीया सुत्केरी सनिता परियारलाई अत्यधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।
  • राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।
  • जिल्ला अस्पतालमा शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीर बनेकी उनको मौसम खराब भएकाले विराटनगर लगिएको हो।

अत्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

आइतबार बिहान जिल्ला अस्पतालमा शल्यक्रिया गरिएकी सुत्केरी परियारलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा सन्तोश देवले जानकारी दिए ।शल्यक्रिया प्रश्चात अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह सिफारिस गरे पनि खराब मौसमका कारण विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

स्थानीय तहमा गैरदलीय निर्वाचन किन ?

भारतमा फेला परयो ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

आज मिति २०८३ साल असार महिनाको ७ गते आइतबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ साल असार महिनाको ६ गते शनिबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रि मनसुनमा ४५ वर्ष यताकै सबैभन्दा ठूलो वर्षा

छुटाउनुभयो कि ?