प्रि मनसुनमा ४५ वर्ष यताकै सबैभन्दा ठूलो वर्षा

समाचार सारांश
Auto Generated by AI
  • यस वर्षको प्रि–मनसुनमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै ३३९ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ।
  • जलवायु परिवर्तन र वायुमण्डलीय प्रभावका कारण यसपालि प्रि–मनसुन समयभन्दा पहिले नै सक्रिय भएको छ।
  • मुख्य मनसुनमा औसतभन्दा कम वर्षा भए पनि छोटो समयको अत्यधिक वर्षाले विपद्को जोखिम बढाएको छ।

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन भएको छ । प्रि–मनसुन सिजनमा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर पानी पर्ने गर्छ । तर यस वर्ष औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सन् १९८१ देखि १२६ वटा वर्षामापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि–मनसुनको विश्लेषण गर्दै आएको छ । यसअघि प्रि–मनसुनको समयमा औसतभन्दा माथि सबैभन्दा धेरै पानी सन् १९९० मा परेको रेकर्ड गरिएको थियो ।

अहिलेको वर्षाले सन् १९९० को रेकर्डलाई पनि तोडेको छ । यसरी हेर्दा नेपालमा प्रि–मनसुनको विश्लेषण शुरू भएयताकै सबैभन्दा धेरै पानी परेको हो । यसअघि सन् २०२१, २०२०, २००० र १९९० मा पनि प्रि–मनसुनमा ३१५ मिलिमिटरभन्दा धेरै पानी परेको थियो ।

जलवायु परिवर्तनको असर र वायुमण्डलीय प्रभावका कारण यस वर्ष प्रि-मनसुन समयमै सक्रिय भई औसतभन्दा बढी वर्षा भएको मौसमविद्हरूको भनाइ छ । प्रि-मनसुनमै यति धेरै वर्षा भएपछि यसले आगामी मुख्य मनसुनको समयमा पर्न सक्ने असरबारे सजग रहनुपर्ने संकेत समेत गरेको छ ।

यस वर्षको मनसुनमा देशभर सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ । यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम भने कम नहुने विज्ञहरुले बताएका छन् । उनीहरूका अनुसार छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्ने आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार: अर्थमन्त्री वाग्ले

अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा अर्घाखाँचीमा एग्रोभेट सञ्चालक पक्राउ

आज मिति २०८३ आषाढ ५ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ आषाढ ४ गते बिहीबार को दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

सन्धिखर्कमा बढ्दो युवा कुलत र उच्छृङ्खल गतिविधि: नियन्त्रणका लागि नगर प्रमुख र प्रहरीलाई ध्यानाकर्षण

आज मिति २०८३ आषाढ ३ गते बुधवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?