आज मिति २०८३ साल असोज महिनाको २८ गते बुधबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आजको राशिफल अनुसार अधिकांश राशिमा आर्थिक लाभ र पारिवारिक सुख मिल्नेछ।
  • केही राशिका लागि व्यापार व्यवसायमा प्रगति र नयाँ जिम्मेवारी प्राप्तिको योग छ।
  • स्वास्थ्य र खर्चमा भने केही राशिका व्यक्तिहरूले सावधानी अपनाउनु आवश्यक देखिन्छ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दाम्पत्य जीवनमा आत्मीयता बढ्नुका साथै साझेदारीका कामहरूबाट राम्रो मुनाफा कमाउन सकिनेछ। नयाँ व्यापारिक सहकार्यको अवसर जुर्नेछ। प्रियजनसँगको रमाइलो भेटघाटाले मन प्रफुल्लित रहनेछ।

वृष : शारीरिक तन्दुरुस्ती बढ्ने र दैनिक कार्यहरू सुचारू रूपमा अगाडि बढ्नेछन्। पुराना रोग वा स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ। विरोधीहरू स्वतः परास्त हुनेछन् र सहकर्मीको सहयोग पाइनेछ।

मिथुन : बौद्धिक तथा सिर्जनात्मक क्षमतामा वृद्धि हुने हुनाले विद्यार्थीहरूका लागि समय अत्यन्त अनुकूल छ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेमसम्बन्ध अझ प्रगाढ बन्नेछ।

कर्कट : पारिवारिक सुखसुविधाका सामाग्रीहरू जोडिने र घरको वातावरण रमाइलो रहनेछ। मातापिताको आशीर्वाद र सल्लाहले महत्त्वपूर्ण कार्यमा सफलता दिलाउनेछ। जग्गाजमिनसम्बन्धी विवाद समाधान हुनेछ।

सिंह : पराक्रम र आत्मविश्वास उच्च रहने हुनाले आँटेका सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। दाजुभाइ तथा छिमेकीहरूको पूर्ण सहयोग प्राप्त हुनेछ। छोटो तथा लाभदायक यात्राको योग छ।

कन्या : आर्थिक स्थिति मजबुत बन्दै गएर संञ्चित धनमा वृद्धि हुनेछ। तपाईंको बोलीको प्रभावले पारिवारिक तथा सामाजिक कार्यमा प्रशंसा बटुल्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

तुला : तपाईंको आफ्नै राशिमा चन्द्रमाको गोचर रहेकोले मनमा सकारात्मक ऊर्जा र उत्साह भरिपूर्ण रहनेछ। व्यक्तित्वमा विशेष निखार आउनेछ र रोकिएका महत्त्वपूर्ण कार्यहरूले तीव्रता पाउनेछन्।

वृश्चिक : अनावश्यक खर्चको मात्रा बढ्न सक्ने भएकाले आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला। वैदेशिक क्षेत्र वा टाढाको यात्रासँग सम्बन्धित काममा केही ढिलाइ भए पनि अन्त्यमा सफलता नै हात लाग्नेछ।

धनु : व्यापार व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्नेछ भने साथीभाइको सहयोगले ठूला योजनाहरू सफल बन्नेछन्। सामाजिक क्षेत्रमा सहभागिता जनाउने अवसर जुर्नेछ र मानप्रतिष्ठा बढ्नेछ।

मकर : कार्यक्षेत्रमा उच्च पदस्थ व्यक्तिको सहयोगले नयाँ जिम्मेवारी वा पदोन्नति प्राप्त हुनेछ। समाजमा तपाईंको नेतृत्व क्षमताको कदर हुनेछ र व्यावसायिक क्षेत्रमा ठूलो प्रगति देखिनेछ।

कुम्भ : भाग्यले पूर्ण साथ दिने हुनाले धार्मिक तथा आध्यात्मिक कार्यतर्फ विशेष रुचि जाग्नेछ। लामो दूरीको यात्रा वा तीर्थाटनको योग छ। विद्यार्थी वर्गले उच्च शिक्षामा सफलता प्राप्त गर्नेछन्।

मीन : स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। लुकेका शत्रुहरूबाट सचेत रहँदै आफ्ना गोप्य योजनाहरू सावधानीपूर्वक अगाडि बढाउनु बुद्धिमानी हुनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?