आज मिति २०८३ साल भदौ महिनाको १५ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • धेरैजसो राशिमा सामान्यदेखि राम्रो दिन रहनेछ ।
  • स्वास्थ्य र शिक्षामा सुधारका संकेतहरू देखिन्छन् ।
  • काम गर्दा संयम अपनाउनु र योजनाबद्ध हुनु उचित हुन्छ ।

मेष : दिन सामान्य छ । कुरा काट्नेहरु बढ्ने छन् । शिक्षा र वैदेशिक क्षेत्रमा भने सुधारका संकेत देखिने छन् ।

वृष : दिन सामान्य छ । स्वास्थ्यमा समस्या आउन सक्छ । शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ ।

मिथुन : दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ । धार्मिक क्षेत्रमा रुची घट्ने छ ।

कर्कट : दिन राम्रो छ । श्रमको फल अरुले लिन सक्छन् । स्वास्थ्य र शिक्षामा अघि बढ्नु होला ।

सिंह : दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । गोपनीयता कायम गर्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । कृषिमा गरेको लगानीबाट नाफा हुनेछ । परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ ।

तुला : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । आज गरेको लगानीले आम्दानी बढाउने छ ।

वृश्चिक : बोलीमा सरस्वतीको बास छ । सोचेका काम बन्नेछन् । उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ ।

धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ ।

मकर : दिन राम्रो छ । घुमघाम तय हुन सक्छ । धर्मकर्ममा रमाउने दिन छ ।

कुम्भ : दिन राम्रो छ । स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन् । परिवारको सहयोगमा काम गर्नुहोला ।

मीन : दिन सामान्य छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आजको दिन थोरै मात्र बोल्नु उचित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?