प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक


काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा आधारित गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त गीत पहिलो पटक सार्वजनिक गरिएको हो।

गीतले नेपाल प्रहरीले निर्वाह गर्दै आएको कर्तव्य, जिम्मेवारी, संघर्ष र सेवा भावलाई सजीव रूपमा चित्रण गरेको छ। प्रहरी कर्मचारीहरूले दिनहुँ भोग्दै आएको जोखिमपूर्ण जिम्मेवारी, नागरिकको सुरक्षा सुनिश्चित गर्न गरिएको निस्वार्थ सेवा तथा कर्तव्यनिष्ठ भावनालाई गीतमार्फत यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ।

महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनका क्रममा प्रत्यक्ष अवलोकन र अनुभूत गरेका विषयहरूलाई गीतको कथावस्तु बनाइएको छ। आन्दोलनपश्चात् खरानीबाट उठेर नागरिक सेवा र सुरक्षामा होमिएका प्रहरीहरूको मनोभाव, अनुशासन, देशप्रतिको जिम्मेवारी र आम नागरिकप्रतिको कर्तव्यबोधलाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ।

गीतमा थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको छ। भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेतलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

संगीत दीपक शर्माको रहेको गीतमा उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ गरिएको छ। मानव सुवेदीको कथा तथा निर्देशन रहेको भिडियोमा सौरभ लामिछानेको छायांकन र सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?