२०२५ को चिकित्सातर्फको नोबेल पुरस्कार घोषणा : प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण खोज गर्ने वैज्ञानिकत्रय सम्मानित

२०२५ को चिकित्सातर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरूलाई प्रदान गरिएको छ —
👉 मेरी ई. ब्रनको (Mary E. Brunkow)इन्स्टिच्युट फर सिस्टम्स बायोलोजी, सिएटल, अमेरिका
👉 फ्रेड र्याम्सडेल (Fred Ramsdell)सोनोंमा बायोथेराप्युटिक्स, सान फ्रान्सिस्को, अमेरिका
👉 शिमोन साकागुची (Shimon Sakaguchi)ओसाका विश्वविद्यालय, जापान

उनीहरूले शरीरको प्रतिरक्षा प्रणालीमा हुने ‘पेरिफेरल इम्युन टोलेरेन्स’ सम्बन्धी महत्वपूर्ण अनुसन्धान गरेर मानव स्वास्थ्य विज्ञानमा ठूलो योगदान दिएका छन्।

🔬 उनहरूको अनुसन्धानको मूल उद्देश्य
प्रतिरोधात्मक प्रणालीले कसरी शरीरभित्र प्रवेश गर्ने लाखौं सूक्ष्मजीवहरूलाई चिनेर नियन्त्रण गर्छ भन्ने विषयमा केन्द्रित थियो। उनीहरूले शरीरको प्रतिरक्षा प्रणालीले हानिकारक जीवाणु र आफ्नै शरीरका कोषिकाबीच कसरी भिन्नता गर्छ भन्ने जटिल प्रक्रिया पत्ता लगाएका हुन्।

यो खोजले स्व–प्रतिरक्षा रोग (Autoimmune Diseases) जस्तै रुमाटोइड आर्थ्राइटिस, टाइप-१ मधुमेह, मल्टिपल स्क्लेरोसिस आदिको उपचारमा नयाँ दिशा खोल्ने विश्वास वैज्ञानिकहरूले व्यक्त गरेका छन्।

नोबेल समितिले भनेको छ —

“उनीहरूको योगदानले प्रतिरक्षा प्रणाली कसरी नियन्त्रणमा रहन्छ भन्ने बुझाइमा क्रान्तिकारी परिवर्तन ल्याएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?