GenZ Butwal उपमहानगरपालिकाको प्रेस विज्ञप्ति जारी

बुटवल, भदौ २७ । हालै बुटवलमा GenZ Butwal को नाममा केही व्यक्तिहरुले तोडफोड, लुटपाट तथा आपराधिक गतिविधि गरेको समाचार सार्वजनिक भएपछि कडा आपत्ति जनाएको छ।

GenZ Butwal का प्रतिनिधि Dipson Pokhrel द्वारा शुक्रबार जारी विज्ञप्तिमा तोडफोड, लुटपाट वा कुनै पनि गैरकानुनी कार्य आफ्नो ध्येय वा विचारधारासँग मेल नखाने स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो नाम प्रयोग गरी गरिएको भाटभटेनी वा अन्य कुनै निजी वा सरकारी सम्पत्तिमा भएको क्षति तथा चोरी कार्यलाई हामी कडाइका साथ निन्दा गर्दछौं।”

संगठनले लुटिएका वा चोरी गरिएका सम्पूर्ण सामान तत्काल फिर्ता गर्न संलग्न व्यक्तिहरुलाई कडा शब्दमा सिफारिस गर्दै, यसरी अपराधमा संलग्न हुने कार्यलाई GenZ Butwal ले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ।

त्यसैगरी, विज्ञप्तिमा “हामी नेपाल” संगठनसँग निरन्तर सहकार्य गर्दै आएको र भविष्यमा पनि उनीहरूको सत्यनिष्ठ निर्णयलाई इमानदारीपूर्वक समर्थन गर्ने उल्लेख गरिएको छ। संगठनको उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो भन्ने पुनः दोहोर्याइएको छ ।


Dipson Pokhrel
फोन: 9708678835

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?