श्री आदर्श मा.वी. खाँचीकोटको ७१ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रमका बिच सम्पन्न ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ श्री: आदर्श मा.वी. को ७१ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ ।

हिजो मिती २०८२ /५ /२३ गते सम्पन्न भएको उक्त कार्यक्रममा अभिभावक भेला छात्रवृत्ति वितरण र पुरस्कार वितरण लगायतका कार्यक्रम सम्पन्न भएका छन्।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख अतिथि र सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु आचार्य र वडा अध्यक्ष चुरा बहादुर खत्रीको विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा बिभिन्न सहयोग , सम्मान र पुरस्कार बितरण गरिएको हो ।

विद्यालय स्रोतका अनुसार:
उक्त कार्यक्रममा १ देखि ५ कक्षासम्मका छात्रा र दलित विद्यार्थी साथै १० जना असाहाय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । सोही विद्यालयका पूर्व शिक्षक हरिप्रसाद भट्टराईले ५, ००० (पाच हजार ) छात्रवृत्तिको लागि सहयोग गर्नुभएको थियो । उहाँले वार्षिक रूपमा सो रकम प्रतेक वर्ष विद्यार्थीको लागी सहयोग गर्दै आउनुभएको छ । त्यसैगरी २०८१ को एसइई परीक्षामा सोही विद्यालयबाट उत्तीर्ण भएका १७ जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयको वार्षिक आय – विवरण पनि प्रस्तुत गरिएको थियो । र विद्यालयलाई सहयोग गर्ने सहयोगी दाताहरुलाइ सम्मान गरिएको थियो । पछिल्लो वर्ष विद्यालयले कक्षा १० का विद्यार्थीलाई छात्रावासको व्यवस्था गरी कोचिङ क्लास पढाउँदै गर्दा खाधान्न लगाएत जिन्सी र नगद सहयोग गर्ने सहयोगी दाताहरु रिमा खत्रीले रु ५,००० नगद सहयोग गर्नुभएको थियो। त्यसैगरी भूगर्भ सिमेन्ट कम्पनी प्राली , वडा कार्यालय स.न.पा.- ७ खाँचीकोट , लगाएत सामुदायिक युवा क्लब बागमाराले उक्त कार्यक्रममा टेन्ट सौजन्य गरेको थियो । “खाँचेकोट दरबार युवा क्लब” क्रचापेले गत बर्ष एसइईका बिघार्थीलाइ खानेकुरा उपलब्ध गराइ ब्यवस्थापनमा सहयोग र सहज बनाएको थियो । स्थानीय सामाजिक व्यक्तित्व हरु नन्दबहादुर खत्रीले कक्षा १० का विद्यार्थीलाई छात्रवासमा राख्दै गर्दा खाद्यान्न उपलब्ध गराइ ब्यवस्थापनमा सहयोग गर्नुभएको थियो । त्यसैगरी- स्थानीय युवा मनोज खत्रीले विद्यालयको नामको फाइबर सहयोग गर्नुभएको थियो । त्यसैगरी स्थानीय युवा टुकलाल पुरीले बालकक्षा देखि कक्षा -९ सम्मका बिधार्थी लाइ तृतिय पुरस्कार सहयोग गर्नुभएको थियो । त्यसैगरी स्थानीय युवा /अभिभावक विशाल थापाले प्रमाणपत्र सौजन्य गर्नुभएको थियो । स्थानीय युवा सरोज खत्रीले ले ह्वाइटबोर्डमा लेख्ने मार्कर प्रदान गर्नुभएको थियो । सम्पूर्ण सहयोगी दातालाई सम्मानसहित सम्मानपत्र प्रदान गर्दै विद्यालय परिवारले सहयोगी दाताप्रति हार्दीक आभार धन्यवाद प्रकट गरेको छ ।

अभिभावकहरूको व्यापक र उत्साहजनक उपस्थितिको बीच कार्यक्रम सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ , स.न.पा. शिक्षा शाखा प्रमुख मञ्जु आचार्य स्थानिय कमल खत्री लगायतका वक्ताहरूले आफ्नो मन्तव्य र धारणा राख्नुभएको थियो।

उक्त कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न गीतमा नृत्य प्रस्तुत गरी अभिभावक र पाहुनालाई स्वागत तथा मनोरञ्जन गराएका थिए ।

गएको एसइई परीक्षामा छात्रावासको व्यवस्थापन गरी विद्यार्थीहरूलाई छात्रावासमै राखेर अध्ययन गराएको श्री आदर्श मा.वी.ले नतिजा पनि राम्रो र सन्तोषजनक ल्याएको थियो ।

समचार श्रोत: बिधालय प्रशाशन/बिधालयको सुचना सन्जाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?