नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हदै सम्म असुरक्षित, पियनले नै चोरे ग्राहकको डेढ करोड बढी रकम, सजिलै थाहै पाउँदैनन् ग्राहक ! 

कपिलवस्तु । के तपाईंले आफुले दु:ख गरेर कमाएको पैसा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा राख्नुभएको छ ? छ भने तपाईंलाई हदैसम्म दु:खको खबर छ । बैंकको आन्तरिक सिष्टम यतिसम्म कमजोर भएको पत्ता लागेको छ कि, बैंकको कोर सिष्टममा बैंकमा काम गर्ने पियनकोसमेत पहुँच हुने गरेको खुलासा भएको छ । पहुँच पाएपछि बैंकमा पियनका रुपमा कार्यरत कर्मचारीले ग्राहकको खातामा रहेको फोन नम्बर परिवर्तन गर्ने, त्यसो गरेपछि ग्राहकलाई रकम निकालिएको थाहा नहुने भएपछि ग्राहकको रकम आफ्नो खातामा सार्ने गरेको पाइएको छ ।

घटना कपिलवस्तुको हो । बिगत ८ बर्षदेखि बैंकको तौलिहवा शाखामा कार्यरत २८ बर्षीय रिसभ कार्की बैंकको सिष्टम चलाउँथे । उनलाई बैंकका अन्य कर्मचारीले सिष्टमको पासवर्ड दिएका थिए । त्यसपछि उनी ग्राहकको खातामा रहेको ग्राहकको फोन नम्बर परिवर्तन गरेर आफ्नो फोन नम्बर राखिदिन्थे । त्यसपछि भकाभक ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गर्थे । एक दुई पटक यस्तो गर्दा पनि कसैले थाहा नपाएपछि उनले ग्राहकको रकम चोरेको चोर्यै गरे । ग्राहकको रकम चोर्दा चोर्दै उनले विभिन्न खातावालाको १ करोड ६५ लाख रुपैयाँ चोरेर करोडपति भए । तर ग्राहकले आफ्नो खाताबाट पैसा हराएको थाहा पाएपछि खोजिनिधि गर्दै जाँदा रकम बैंकका पियनले चोरेको पत्ता लाग्यो कार्कीले एक दर्जन भन्दा बढी खातावालको खातामा आफ्नो मोबाइल नम्बर राख्ने,मोबाइल बैंकिङ्ग तथा कनेक्ट आईपिएस प्रयोग गरी पैसा चोरेको पाइएको प्रहरी नायव उपरिक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । अर्थ सरोकारसँग कुराकानी गर्दै सिंहले बैंकमा पियन रहेका कार्कीले बैंकमा रहेका निस्कृय खाताहरुमा रहेको रकम खाता सक्रिय बनाएर चोर्ने गरेका थिए

यो घटनामा बैंकका अन्य कर्मचारीको समेत मिलेमतो भएको आशंकाको कोणबाट पनि अनुसन्धान सुरु भएको छ । बैंकले ती कर्मचारीलाई निलम्बन गरिसकेको छ ।

पछिल्लो समय, सिटिजन्स बैंकपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा असुरक्षित बैंकको रुपमा प्रस्तुत हुँदै आएको छ । उदयपुरमा पनि केहि दिन अघि बैंकका कर्मचारीले पैसा चोरेको अभियोगमा कर्मचारी प्रहरी हिरासतमा छन् । केहि समय अगाडी सिटिजन्स बैंकमा समेत यस्तै घोटालाको तथ्य बाहिर आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?