देशका धेरै ठाउँमा वर्षा : हावाहुरी चल्ने सम्भावना रहेका ठाउँमा सतर्कता अपनाउन आग्रह

आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । सातै प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मध्यम वर्षा भएको छ । दिउँसो लुम्बिनीका केही जिल्लामा हावाहुरी चलेकोमा लगत्तै पानी परेको हो । दाङ, बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा दिउँसो केहीबेर हावाहुरी चलेको थियो ।

केहीबेर हावाहुरी चलेपछि ती क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दाङको अम्बापुरमा आज ४२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै पछिल्लो तीन घण्टामा नवलपरासीमा ३०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

मकवानपुरमा पछिल्लो तीन घण्टामा ४४.८ मिलिमिटर पानी परेको छ । त्यस्तै पछिल्लो एक घण्टामा लमजुङ र सङ्खुवासभामा २५ मिलिमिटरसम्म वर्षा मापन भएको छ । कतै-कतै असिना पनि परेको छ । दिउँसो एकैछिन हल्का वर्षा भएको काठमाण्डौ उपत्यकामा पनि बेलुकापख मेघगर्जन र हावाहुरीसहित पानी परेको छ ।

काठमाण्डौमा पनि कतै-कतै असिना झरेको छ । चितवन, मकवानपुर, काभ्रे तथा पूर्वका सोलुखुम्बु, सङ्खुवासभा, सप्तरीलगायतका जिल्लामा पनि पानी परेको छ । आजराती  र भोलीसम्म कोशी, मधेश, बागमती, लुम्बिनीको तराई र पहाडी भागमा हावाहुरी चल्ने सम्भावना कायमै रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

यसबाट कमजोर रुख ढल्ने, कमजोर संरचना र छाना उडाउने, विद्युत तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय  तथा सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

हावाहुरी चल्दा गाडी नचलाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन विज्ञको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि आइतवारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षाको सम्भावना छ । मौसम अनुकूल नहुँदा आज केही आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलबाट नेपालगन्ज र भैरहवाका लागि केही उडान रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

थलापति विजय तमिलनाडुको मुख्यमन्त्री, शपथ लिएलगत्तै तीन निर्णय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

छुटाउनुभयो कि ?