अनियन्त्रित भएर सडकबाट २०० मिटर तल खस्यो माइक्रो बस, ७ भारतीय पर्यटकको मृत्यु

मनकामनाबाट दर्शनार्थी बोकेर आबुखैरेनीतर्फ आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा सात भारतीय पर्यटकको मृत्यु भएको छ ।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ कन्टारमा शनिबार साँझ करिब ७:५५ बजे ईभी माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार चालकसहित १४ जना सवार रहेको गाडी दुर्घटनामा पाँच पुरुष र दुई महिलासहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि आबुखैरेनीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाबाट सुरक्षा टोली खटिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यस्तै घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पनि खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?